Kathmandu Press

शुक्रबार रातीदेखि उपत्यकामा जोरबिजोर प्रणाली लागू

काठमाडौं, माघ ६ : काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि...
शुक्रबार रातीदेखि उपत्यकामा जोरबिजोर प्रणाली लागू

काठमाडौं, माघ ६ : काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ । 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । 

काठमाडौं उपत्यका कोरोनाको संक्रमण वढेसँगै प्रशासनले कडाई गर्ने गरी यस्तो निर्णय गरेको हो । अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।

सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।  स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । 

प्रकाशित मिति: २०:५४ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्