सत्तारुढ तीन शीर्ष नेताबीच छलफल, सत्ता गठबन्धनको बैठक बोलाइयो
नेताहरुको बैठकले शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाउने निर्णय गरेको छ ।
काठमाडौं, माघ ६ : सत्तारुढ तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ ।
सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता गरेका हुन् ।
नेताहरुको बैठकले शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाउने निर्णय गरेको छ । कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् ।
बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बुझिएको छ । गठबन्धनको शुक्रबारको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने बताइएको छ।
प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











