Kathmandu Press

‘रेट्रोफिटिङ’ गरिरहेका मजदुरले नै केशरमहलबाट पुरातात्विक महत्वका वस्तु चोरेको खुलासा 

काठमाडौं, माघ ६ : केशरमहलस्थिति केशर पुस्तकालयस्थित पुरातात्विक महत्वका वस्तु चोरी गरेका आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । केशरमहलस्थित केशर पुस्तकालयको ठूलो कोठाबाट बाघको...
‘रेट्रोफिटिङ’ गरिरहेका मजदुरले नै केशरमहलबाट पुरातात्विक महत्वका वस्तु चोरेको खुलासा 

काठमाडौं, माघ ६ : केशरमहलस्थिति केशर पुस्तकालयस्थित पुरातात्विक महत्वका वस्तु चोरी गरेका आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । 

केशरमहलस्थित केशर पुस्तकालयको ठूलो कोठाबाट बाघको टाउको, केशर शमशेरको पोसाक (लुगा सेट) मध्येको २ थान तरबार चोरी भएकाे थियो । 
गत सोमबार चोरी भएको सामान महानगरीय अपराध महाशाखाका टोलीले केशरमहल परिसरमा बोरामा राखि फालेको अवस्थामा बुधबार (हिजो) भेट्टाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

चोरीमा दिपेन्द्र भनिने देबेन्द्र के.सी., गणेश श्रीपाली भनिने गणेश विश्वकर्मा, सुमन शर्मा र बिर बहादुर सुनारको संलग्नता रहेको महाशाखाले जनाएको छ ।  सुमन शर्मा र बीर बहादुर सुनार पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ भन केसी. र गणेश अझै पनि फरार रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका आरोपितलाई थप अनुसन्धान र कानुनी प्रक्रियाको लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग, काठमाडौं पठाईएको छ । 

यसरी भेटियो चोरीका वस्तु

२०७२ सालको महाबिनाशकारी भूकम्पबाट केशर महल पनि अछुतो रहन सकेन । क्षतिग्रस्त केशर महललाई हाल प्रबलिकरण गरिदैँछ । सोही महलको रेट्रोफिटिङमा मजदुरी गर्ने गर्थे गणेश श्रीपाली ।

विज्ञप्तिमा उल्लेख भए अनुसार, गणेश श्रीपालीले ८÷१० दिन अघि शर्मालाई सामान र स्कुटर केशरमहलमा राखेको छु, लिएर आउनु भनी पठाएका थिए ।

 

शर्माले प्रहरीसमक्ष दिएको वयानमा आफू केशरमहल गई बा ४२ प २६९४ नं. को स्कुटर र स्कुटरमा राखेको सामानहरू लिएर आउने क्रममा केशरमहलको गार्डले ‘के सामान लिएर आएका ?’ भनी सोधेपुछ गरेको र त्यसपछि स्कुटर र सामान केशरमहलको कम्पाउण्डमा लगेर फरार भएको बताएका छन्। 

फरार रहेका अन्य व्यक्तिहरुको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्