Kathmandu Press

चौबिस घण्टामा १२,३३८ संक्रमित थपिए, ४ जनाको मृत्यु 

सोही अवधिमा ६४९ संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। 
चौबिस घण्टामा १२,३३८ संक्रमित थपिए, ४ जनाको मृत्यु 

काठमाडौं, माघ ६ : नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

 

चौबिस घण्टामा २१ हजार ७ नमूनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ र ६ हजार ४९० नमूनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

आज काठमाडौंमा ५ हजार १ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः १ हजार १३० र ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा देशभर ६४९ संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। 

योसँग देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख ८७ हजार ७६९ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ८ हजार ११९ पुगेको छ। निको हुनेको संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ भने हालसम्म ११ हजार ६३२ संक्रमितले ज्यान गुमाइसकेका छन्। 

बिहीबार देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ। तीमध्य ५५ हजार ८३६ जना होम आइसोलेसनमा र १ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

संस्थागत आइसोलेसनमा रहेका मध्य १८६ जना आइसीयू र २७ जना भेन्टिलेटरमा र १२५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 

 

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्