नेप्सेमा उच्च अंकको वृद्धी, कारोबार रकम घट्यो
काठमाडौं, माघ ६ : साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ। बुधबार ३८ अंकले घटेको नेप्से परिसूचक बिहीबार ३२.९६...
काठमाडौं, माघ ६ : साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ। बुधबार ३८ अंकले घटेको नेप्से परिसूचक बिहीबार ३२.९६ अंकले बढेको हो।
आज कारोबार रकममा भने घटेको छ । आज ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको छ । बुधबार ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुप पावर कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी रहेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आईसीएफसी फाइनान्सको डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज २२ करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।











