Kathmandu Press

लोकसेवाका परीक्षा माघ मसान्तसम्मका लागि स्थगित

काठमाडौं, माघ ६ : लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गरिएको छ। कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै आयोगले माघ...
लोकसेवाका परीक्षा माघ मसान्तसम्मका लागि स्थगित

काठमाडौं, माघ ६ : लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गरिएको छ। कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै आयोगले माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

आज (बिहीबार) बसेको बैठकले माघ ११ देखि हुने भनिएका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी दिए। माघ ११ गतेदेखि उपसचिवको लिखित परीक्षा हुने कार्यक्रम थियो। संगठित संस्थाका परीक्षाहरु पनि यही बीचमा गर्ने तय भएका थिए।

कही दिनयता तीव्र रुपमा फैलिएको कोरोना संक्रमण लोक सेवा आयोगका केही कर्मचारीहरुमा पनि देखिएको थियो। त्रिभुवन विश्वविद्यालयले पनि आजै सूचना जारी गरेर माघ ९ गतेदेखिका सबै परीक्षा स्थगित भएको जनाइसकेको छ।

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्