Kathmandu Press

त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

कोरोना संक्रमण तीव्र रूपमा बढ्दै जाँदा त्रिविका परीक्षा रोक्नुपर्ने भन्दै चौतर्फी रुपमा माग भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविको परीक्षा केही साता स्थगित गर्न आजै निर्देशन दिएका थिए।
त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

काठमाडौं, पुस ६ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पूर्वनिर्धारित वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले आज (बिहीबार) सूचना जारी गरेर आगामी आइतबार (माघ ९) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। 

‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्व्यापी रुपमा फैलिएको ओमक्रोम भेरियन्तको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ,’ त्रिविको सूचनामा भनिएको छ।

कोरोना संक्रमण तीव्र रूपमा बढ्दै जाँदा त्रिविका परीक्षा रोक्नुपर्ने भन्दै चौतर्फी रुपमा माग भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविको परीक्षा केही साता स्थगित गर्न आजै निर्देशन दिएका थिए।

परीक्षा हलमा कोभिड प्रोटोकल पालना भएनभएको अनुगमन गर्न र नभएको पाइए परीक्षा स्थगन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए। 

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्