Kathmandu Press

काठमाडौंमा कार्यरत २१९ पत्रकारलाई कोरोना संक्रमण, कुन सञ्चारगृहमा कति संक्रमित ? 

तीमध्य  ग्यालेक्सी फोरकेमा सबैभन्दा धेरैलाई संक्रमण पुष्टि भएको छ। अधिकारीका अनुसार ग्यालेक्सी फोरकेमा २२ जना पत्रकारहरुलाई कोरोना पुष्टि भएको छ। नयाँ पत्रिकामा कार्यरत २० जना पत्रकारहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ। 
काठमाडौंमा कार्यरत २१९ पत्रकारलाई कोरोना संक्रमण, कुन सञ्चारगृहमा कति संक्रमित ? 

काठमाडौं, माघ ६ : काठमाडौंका विभिन्न सञ्चारगृहमा काम गर्ने २१९ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीका अनुसार पत्रकार महासंघका पूर्व अध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्ट लगायत प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्य तथा एक दर्जन शाखाका अध्यक्ष  लगायत विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी गरी २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तीमध्य  ग्यालेक्सी फोरकेमा सबैभन्दा धेरैलाई संक्रमण पुष्टि भएको छ। अधिकारीका अनुसार ग्यालेक्सी फोरकेमा २२ जना पत्रकारहरुलाई कोरोना पुष्टि भएको छ। नयाँ पत्रिकामा कार्यरत २० जना पत्रकारहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

त्यस्तै नेपाल टेलिभिजनका १६ पत्रकारलाई कोरोना देखिएको छ। त्यस्तै हरेक पलका १७,  कान्तिपुर र गोरखापत्रका १५/१५ जना, रेडियो थाहासञ्चारका १३ जना, कान्तिपुर टेलिभिजनका ११ जना, नेपाल लाइभ र स्वास्थ्यखबरका ८ जना, नागरिक दैनिक र नागरिकन्यूजका ७ जना, न्यूज २४ र अनलाईनखबरमा ६/६ जनामा कोरोना संक्रमण देखिएको छ।  

यसैगरी हिमाल खबर, एपीवान, उज्यालो रेडियो, रेडियो कान्तिपुर, रेडियो मिर्मिरे र बाह्रखरीका ५/५ जना, हिमालयन टेलिभिजन, स्वतन्त्र  समाचार सेवा, रासस, मकालुखबर, आयोमेल, उकेरा र नयाँ विकल्पका ३/३ जना, रेडियो नेपाल र नेपाल समयमा २/२  जना, मेट्रो एफएम, पालिका खबर र देशसञ्चारका १/१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै नेपालवाचमा कार्यरत पाँच जनालाई पनि कारोना संक्रमण देखिएको छ। अन्य संस्थानको विवरण आउने क्रम जारी रहेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन्। 
 
प्रकाशित मिति: १६:०० बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्