Kathmandu Press

उत्तरी क्यारोलिनामा कार दुर्घटनामा दुई अमेरिकी मरिनको मृत्यु, १७ घाइते

उत्तरी क्यारोलिनामा कार दुर्घटनामा दुई अमेरिकी मरिनको मृत्यु, १७ घाइते

वासिङ्टन, माघ ६ : उत्तरी क्यारोलिनाको ज्याक्सनभिल सहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउनेनजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरिनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन्। 

समुद्री सेना बोकेको सात टन वजनको सैन्य ट्रकको १९ वर्षीय चालकले राजमार्गमा घुम्न खोज्दा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ।

Hardik ivf

घाइतेमध्ये दुई जनालाई साउथ क्यारोलिनाको ग्रीनभिल सहरको विडान्ट मेडिकल सेन्टरमा हेलिकप्टरद्वारा लगिएको मिडियाले जनाएको छ। अन्यलाई सडकबाट अस्पताल लगिएको बताइएको छ।

चालकलाई सुरक्षित गति भन्दा बढी चलाएको आरोपमा कारबाहीको सिफारिस साथै प्रशासनिक अपराधको आरोप पनि लगाइएको छ। अहिले दुर्घटनाको विवरणबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्