Kathmandu Press

भारतमा एकैदिन थपिए ३ लाख १७ हजार सङ्क्रमित

नयाँ दिल्ली, माघ ६ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप  तीन लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिएका छन्। भारतमा पछिल्लो केही हप्तादेखि...
भारतमा एकैदिन थपिए ३ लाख १७ हजार सङ्क्रमित

नयाँ दिल्ली, माघ ६ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप  तीन लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिएका छन्। भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन वृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन्। गत २४ घण्टामा परीक्षण गरिएका मध्ये १६.४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख २३ हजार ९९० जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५८ लाख ७ हजार २९ पुगेको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९३।६९ प्रतिशत रहेको जनाइएको छ।

पछिल्लो एक दिनमा ४९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८७ हजार ६९३ रहेको छ। कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ९३ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५९ करोड ६७ लाख भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ। 

प्रकाशित मिति: १५:३८ बजे, बिहीबार, माघ ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्