उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित
काठमाडौं, माघ ६ : उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ। आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको...
काठमाडौं, माघ ६ : उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ। आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको हो।
आज बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने भनिएको थियो।
यसअघि मंगलबार पनि पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। बैठकले स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थअनुसार नै गर्ने सहमति गरेको थियो।
वैशाखमै गर्न सहमत भएपनि निर्वाचन मिति भने घोषणा भएको थिएन। सोबारे आजको बैठकले सरकारलाई सुझाव दिनेछ।
निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ।
प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











