चुरे संरक्षण विकास समितिका अध्यक्ष र पदाधिकारीलाई सरकारले सोध्यो स्पष्टिकरण
काठमाडौं, माघ ६ : वन तथा वातावरण मन्त्रालयले राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका अध्यक्षसहित पदाधिकारीलाई स्पष्टिकरण सोधेको छ। समितिका अध्यक्ष किरण पौडेल र...
काठमाडौं, माघ ६ : वन तथा वातावरण मन्त्रालयले राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका अध्यक्षसहित पदाधिकारीलाई स्पष्टिकरण सोधेको छ।
समितिका अध्यक्ष किरण पौडेल र सदस्यहरु कमला ओली सिवाकोटी, शशीकुमार शर्मा, सुष्मिता ढकाल र भेषराज आचार्यलाई पदबाट किन नहटाउने ? भन्ने प्रश्नसहितको स्पष्टिकरण सोधिएको हो।
स्पष्टिकरण सोधिएका अध्यक्ष र पदाधिकारीहरुलाई पाँच दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ । गत पुस ३० मा उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।
प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











