Kathmandu Press

मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति : सीके राउतलाई ज्यान मार्ने धम्की

बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन्।
मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति : सीके राउतलाई ज्यान मार्ने धम्की

काठमाडौंं, माघ ६ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रौतहट पुगेर हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन्। बलिदानी दिवस मनाउन रौतहटको गौर पुगेकी मन्त्री यादवले सीके राउतको ज्यान लिने चेतावनी दिएकी हुन्। 

जनमत पार्टीका अध्यक्ष रहेका सीके राउतलाई आफूहरुसँग टक्कर नगर्न चेतावनी दिँदै टकराए मारिन सक्ने धम्की दिएकी हुन्। जनता समाजवादी पार्टी (जसपा) की नेतृ रहेकी यादवले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पटकपटक राइस मिल घटना दोहोरिन सक्ने धम्की दिएकी हुन्।  

७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो।

सोही घटना दोहोरिन नदिन सीके राउत र उनका कार्यकर्ताहरुलाई अनुशासनमा बस्न चेतावनी दिएकी हुन्। ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले भनिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’

बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।

उनले अगाडि भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’

उनले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई चुनौती दिएकी छन् ।

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्