Kathmandu Press

त्रिविको परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन 

परीक्षा हलमा कोभिड प्रोटोकल पालना भएनभएको अनुगमन गर्न र नभएको पाइए परीक्षा स्थगन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। 
त्रिविको परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं, माघ ६ : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको परीक्षा केही हप्ता स्थगित गर्न निर्देशन दिएका छन्। परीक्षा हलमा कोभिड प्रोटोकल पालना भएनभएको अनुगमन गर्न र नभएको पाइए परीक्षा स्थगन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा स्वास्थ्य मापदण्ड पालना भएनभएको अनुगमन गर्न निर्देशन दिएका छन्। ‘पालना नभएको देखिए, केही साता परीक्षा स्थगित गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,’ बालुवाटार स्रोतले काठमाडौं प्रेससँग भनेको छ। 

परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई जेड आकारमा राख्नुपर्ने, परीक्षा हलमा स्यानिटाइजर राख्नुपर्ने, मास्क लगाएर मात्र विद्यार्थीलाई प्रवेश गर्नुपर्ने लगायतका मापदण्ड तोकिएको थियो। 

बुधबार राजधानीकै एक क्याम्पसमा कोरोना संक्रमित विद्यार्थीसँगै अन्य विद्यार्थीलाई राखिएको भन्दै विरोध प्रर्दशन भएको थियो। परीक्षा दिन आएका विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले लाठी चार्ज गर्दा एक विद्यार्थीको टाउको फुटेको थियो । 

 

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्