Kathmandu Press

ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु

रियो डि जेनेरियो, माघ ६ : ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ। ब्राजिलका स्वस्थ्य अधिकारीहरूले सो जानकारी दिएका...
ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु

रियो डि जेनेरियो, माघ ६ : ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ। ब्राजिलका स्वस्थ्य अधिकारीहरूले सो जानकारी दिएका हुन्।

उनीहरुका अनुसार ब्राजिलमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ।

Hardik ivf

यस देशमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ। ब्राजिल कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठूलो देश हो। विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ।

यसैगरी यहाँ गएको २४ घन्टामा २ लाख भन्दा बढी सङ्क्रमित भएका छन्। यहाँ अहिलेसम्ममा २ करोड ३४ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखाइएको छ।

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्