समयमै अवतरण नहुँदा बुद्ध एयरको विमानमा एक यात्रु बेहोस
काठमाडौं, माघ ६ : काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरमा एकजना यात्रु बेहोस भएका छन्। मौसम खराबीका कारण तोकिएको समयमा जहाज अवतरण गर्न नसकेपछि...
काठमाडौं, माघ ६ : काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरमा एकजना यात्रु बेहोस भएका छन्। मौसम खराबीका कारण तोकिएको समयमा जहाज अवतरण गर्न नसकेपछि आकाशमै एक यात्रु बेहोस भएका हुन्।
काठमाडौंंबाट बिहान ७ः ४४ मिनेटमा उडेको उडान नं ४५१ जहाज निर्धारित समयभन्दा एक घण्टा ढिल अवतरण गरेको हो। ८ः४४ मा अवतरण गर्नुपर्ने जहास मौसम प्रतिकुलताका कारण होल्डमा परेको थियो। भिजिविलिटीमा केही सुधार आएपछि ९ः१८ मिनेटमा जहाज अवतरण गरेको हो।
सो क्रममा एक महिला यात्रु बेहोस भेटिएकी हुन्। उनलाई बुद्ध एयरलाइन्सकै एम्बुलेसन्बाट आर्मी अस्पताल लगिएको छ। अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको एयरलाइन्सले जानकारी दिएको छ।
प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











