Kathmandu Press

६ वटा फ्रान्सेली राफेल लडाकु विमान ग्रीस पुगे

एथेन्स, माघ ६ : फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो छ वटा बुधबार ग्रीस...
६ वटा फ्रान्सेली राफेल लडाकु विमान ग्रीस पुगे

एथेन्स, माघ ६ : फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो छ वटा बुधबार ग्रीस आइपुगेका छन्।

बाँकी जेटहरू यस वर्षको अन्त्यमा र  सन् २०२३ सम्ममा पठाइने बताइएको छ। ग्रीसले १६ महिना अघि ग्रीक सशस्त्र बलको प्रतिरोध क्षमतालाई बलियो बनाउन पाँच वर्षे योजनाको रूपमा जेटहरू खरिद गर्ने निर्णय गरेको थियो।

डसल्ट एभिएसनसँगको सम्झौतालाई एथेन्स र पेरिसले ग्रीक(फ्रान्सेली सहयोगमा कोसेढुङ्गाको रूपमा लिएका छन् । यसबाट युरोपलाई आफ्नै रणनीतिक स्वायत्तता निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: ११:२५ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्