Kathmandu Press

प्रियिमर लिग : लेस्टरमाथि टोटनहमको रोमाञ्चक जित, युनाइटेडले ब्रेन्टफोर्डलाई हरायो

काठमाडौं, माघ ६ : इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति दुई खेल भए। पहिलो खेल किङ पावर स्टेडियममा लेस्टर सिटी र टोटनहम भिड्दा अर्को खेलमा...
प्रियिमर लिग : लेस्टरमाथि टोटनहमको रोमाञ्चक जित, युनाइटेडले ब्रेन्टफोर्डलाई हरायो

काठमाडौं, माघ ६ : इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति दुई खेल भए। पहिलो खेल किङ पावर स्टेडियममा लेस्टर सिटी र टोटनहम भिड्दा अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डको सामाना गर्‍यो।

बुधबार राति भएको खेलमा लेस्टरविरुद्ध २ पटकपछि परेको अवस्था उल्टाउँदै टोटनहमले ३–२को जित निकाल्यो । उसले इन्जुरी समयमा दुई गोल गरेको थियो।

टोटनह्यामका लागि स्टेभेन बर्ग्वाइनले इन्जुरी समयमा दुई गोल गरे भने ह्यारी केनले एक गोल गरे । यता, लेस्टरका पाट्सन डाका र जेम्स माडिसनले गोल गरे। 

२४औं मिनेटमा डाकाको गोलमा लेस्टर सिटीले सुरुवाती अग्रता लियो। ३८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काए । ७६ औं मिनेटमा माडिसनले गोल गर्दै लेस्टरलाई पुनः अग्रता दिलाए । 

निर्धारित समया २–१ ले पछि रहेको टोटेनह्यामले इन्जुरी समयमा थप दुई गोल गरेपछि रोमाञ्चक जित निकाल्यो। इन्जुरी समयको २ मिनेट अन्तरमा बर्ग्वाइन २ गोल गर्दै टिमलाई जित दिलाए । उनले इन्जुरी समयको पाँचौं र सातौं मिनेटमा गोल गरेका थिए।

यता, युनाइटेडले ब्रेन्टफोर्डमाथि उसकै मैदानमा ३–१को  सहज जित निकाल्यो । युनाइटेडका लागि एन्थोनी इलंगा, मासन ग्रिनवुड र मार्कस रासफोर्डले गोल गरे भने घरेलु टोलीका लागि इभान टोनीले गोल फर्काए। चारै गोल दोस्रो हाफमा भएको थियो।

५५औं मिनेटमा इलांगाको गोलमा युनाइटेडले अग्रता लियो । ६२अचैं मिनेटमा ग्रिनउडले युनाइटेडको अग्रता दोब्बर बनाए । ७७औं मिनेटमा रास्फोर्डले गोल गरेपछि युनाइटेड ३–०को सहज अवस्थामा पुग्यो। ८५औं मिनेटमा ब्रेन्टफोर्डका लागि इभान टोनीले गोल गरेपछि त्यो टिमलाई हारबाट जोगाउन पर्याप्त भएन।

जितसँगै १९ खेलबाट ३६ अंक जोडेको टोटेनह्याम  पाँचौ स्थानमा उक्लिएको छ। पराजित लेस्टर समान १९ खेलबाटै २५ अंकका साथ १० औ स्थानमा झरेको छ। ययता, ३५ अंक जोडेको युनाइटेड सातौं स्थानमा यथावत् रहँदा २३ अंकका साथ १४औं स्थानमा छ। 

प्रकाशित मिति: १०:११ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्