उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै
काठमाडौं, माघ ६ : पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेपछि बैठक बस्ने बैठक बस्ने...
काठमाडौं, माघ ६ : पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेपछि बैठक बस्ने बैठक बस्ने बालुवाटार स्रोतले जनाएको छ।
आजको बैठकमा स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल हुनेछ।
यसअघि मंगलबार पनि पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। बैठकले स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थअनुसार नै गर्ने सहमति गरेको थियो।
वैशाखमै गर्न सहमत भएपनि निर्वाचन मिति भने घोषणा भएको थिएन। सोबारे आजको बैठकले सरकारलाई सुझाव दिनेछ।
निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ।
प्रकाशित मिति: ०९:५९ बजे, बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











