Kathmandu Press

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

बुटवल, माघ ६ : रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ प्रगतिनगरमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।माटोको...
माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

बुटवल, माघ ६ : रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ प्रगतिनगरमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

माटोको ढिस्कोमा पुरिएर स्थानीय ३२ वर्षीय गणेश थापा र ३५ वर्षीय शिव थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

बुधबार साँझ आगो तापिरहेको वेला माटोको ढिस्को खसेको थियो। ढिस्कोमा पाँच जना पुरिएका थिए। स्थानीय बासिन्दा र प्रहरीले उनीहरुको उद्धार गरेको थियो।

उनीहरुको उद्धार गरी अस्पताल लगिएको थियो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।

अन्य तीन जना घाइतेको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्