Kathmandu Press

प्रधानमन्त्रीको निर्देशन : सिटामोल लगायतका औषधीको अभाव हुन नदिनु 

काठमाडौं, माघ ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले औषधीको अभाव अन्त्य गर्न निर्देशन दिएका छन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड...
प्रधानमन्त्रीको निर्देशन : सिटामोल लगायतका औषधीको अभाव हुन नदिनु 

काठमाडौं, माघ ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले औषधीको अभाव अन्त्य गर्न निर्देशन दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश वैरागीलाई बोलाएर बजारमा सिटामोल लगायतका औषधीको अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो । औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पादकहरू तयार भएका छन् ।

यदि कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएका तत्काल कारबाही गर्ने गरी निर्देशन गएको छ।

प्रकाशित मिति: २०:४५ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्