Kathmandu Press

ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

जेनेभा, माघ ५ : विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन।जेनेभामा...
ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

जेनेभा, माघ ५ : विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन।

जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका छन। ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनि यसलाई नजरअन्दाज गर्न नहुने उनको सुझाब छ।

गेब्रेयसले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र मत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड बढेको सम्मेलनमा बताए। संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरिएन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने भन्दै यसका लागि निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक रहेको उनले बताए।

ओमिक्रोनका कारण गत हप्ताभित्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको भन्दै उनले खोप नलगाएका मानिसहरू गम्भीर सङ्क्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको बताए। ओमिक्रोन भेरिएन्ट फैलिएयता युरोप र एशियामा दैनिक सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ।

प्रकाशित मिति: २०:२१ बजे, बुधबार, माघ ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्