कोरोना महामारीका बेला निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
कोरोनाभाइरसको तेश्रो भेरियन्ट ओमिक्रोनको महामारीबीच आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले वृद्धि गरेको हो ।
काठमाडौं, माघ ५ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
कोरोनाभाइरसको तेश्रो भेरियन्ट ओमिक्रोनको महामारीबीच आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले वृद्धि गरेको हो ।
मूल्य बढेसँगै अब पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ पुगेको छ ।
यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर पुर्याईएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ ।
एलपी ग्यासमा निगमलाई अत्याधिक घाटा भएपनि अहिलेको मूल्यलाई नै यथावत राखिएको छ ।

प्रकाशित मिति: २०:१९ बजे, बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार