Kathmandu Press

राष्ट्रियसभा निर्वाचमा कोरोना संक्रमितले पनि भोट हाल्न पाउने

काठमाडौं, माघ ५ : राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि भोट हाल्न पाउने भएका छन् । बुधबार निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै...
राष्ट्रियसभा निर्वाचमा कोरोना संक्रमितले पनि भोट हाल्न पाउने

काठमाडौं, माघ ५ : राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि भोट हाल्न पाउने भएका छन् । 

बुधबार निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गर्न व्यवस्था गर्न भनेको हो । कोरोना सङ्क्रमित भएको भए पनि अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने व्यवस्था गरिने आयोगले जनाएको छ । 

यस्तै सङ्क्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिनेछ । १९ बुँदे मापदण्डमा आयोगले स्वास्थ्य सतर्कताका विषयहरु समावेश गरेको छ ।

जसमा प्रत्येक मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली खटिने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच गर्ने व्यवस्था मिलाइने, संक्रमित मतदाताका लागि लाइनमा नबसी छुट्टै मतदान गर्ने, भिड नगरी सामाजिक दुरी कायम गर्ने लगायतका बिषय समावेश छन् । 

१९ सदस्यका लागि यही माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।

प्रकाशित मिति: १९:३९ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्