अब मास्क नलगाउनेलाई रेष्टुरेन्ट तथा सार्वजनिक स्थलमा प्रवेश निषेध
काठमाडौं, माघ ५ : अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट तथा सार्वजनिक स्थलमा प्रवेश निषेध गरिने भएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा...
काठमाडौं, माघ ५ : अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट तथा सार्वजनिक स्थलमा प्रवेश निषेध गरिने भएको छ ।
कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै सुरक्षा मापदण्डको थप व्यवस्था गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो व्यवस्था गरेको हो।
बुधबार सुरक्षा मापदण्डको थप निर्देशन जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ ।
होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नलगाउनेलाई प्रवेश निषेध गर्न समेत मन्त्रालयले भनेको छ ।
प्रकाशित मिति: १९:०८ बजे, बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











