Kathmandu Press

पाकिस्तानमा कोभिड १९ का पाँच हजार ४७२ थप सङ्क्रमित

पाकिस्तानमा कोभिड १९ का पाँच हजार ४७२ थप सङ्क्रमित

इस्लामावाद, माघ ५ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५ हजार ४७२ थप कोभिड–१९ सङ्क्रमित थपिएका नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले बुधबार जनाएको छ। महामारीबिरूद्ध पाकिस्तानको अभियानको नेतृत्व गर्ने विभाग एनसीओसीकाअनुसार देशभर सङ्क्रमणको कुल संख्या १३ लाख ३८ हजार ९९३ पुगेको छ। पाकिस्तानमा कोरोना सङ्क्रमणको कारणले २९ हजार ३७ जनाको मृत्यु भएको छ। पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित भएको छ।

यस प्रान्तमा पाँच लाख ९ हजार ३०८ जनालाई कोरोना सङ्क्रमण भईसकेको छ। त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा चार लाख ५५ हजार ४९९ व्यक्तिमा कोरोना भाइरस पत्ता लागिसकेको छ। पछिल्लो २४ घण्टामा ६२८ जना कोभिड–१९ बाट निको भएका छन्, यससँगै निको हुनेको कुल संख्या १२ लाख ६५ हजार २३९ पुगेको एनसीओसीले जनाएको छ।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, माघ ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्