Kathmandu Press

मास्क नलगाइ हिँड्नेलाई सय रुपैयाँ जरिवाना 

काठमाडौं, माघ ५ : मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ ।बुधवार जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सुन्धारा र...
मास्क नलगाइ हिँड्नेलाई सय रुपैयाँ जरिवाना 

काठमाडौं, माघ ५ : मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाएका नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले जरिवाना तिराएको हो ।

त्यस्तै प्रशासनले काठमाडौंका विभिन्न सुपर मार्केटहरुमा अनुगमन पनि गरेको छ । सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरुलाई सय रुपैयाँ जरिवाना गरिएको बताईएको छ । 


 

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्