Kathmandu Press

काेराेनाविरूद्धकाे खोप अवैधरूपमा बेचबिखन गरिए कारबाही हुने

काठमाडाैं, माघ ५ : सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...
काेराेनाविरूद्धकाे खोप अवैधरूपमा बेचबिखन गरिए कारबाही हुने

काठमाडाैं, माघ ५ : सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए।

'अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ', उनले जारी गरेकाे सूचनामा भनिएकाे छ,'कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।' सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ। अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ।

प्रकाशित मिति: १८:२० बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्