Kathmandu Press

ट्र्याक्टरले किचेर एक किशोरको मृत्यु

झापा, माघ ५ : अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज एक किशोरको मृत्यु भएको छ।मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४...
ट्र्याक्टरले किचेर एक किशोरको मृत्यु

झापा, माघ ५ : अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेको प्रहरीले जनाएको छ।  प्र–१–०२–००३ त २१०९ नम्बरको ट्र्याक्टरबाट लड्दा उनलाई सोही ट्र्याक्टरको पछाडिको ट्रलीको दाहिनेपट्टिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। ट्र्याक्टर चालक सोही वडाका २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्