Kathmandu Press

कोरोना परीक्षणको शुल्क घट्यो, सरकारीमा ८०० निजीमा १५००

काठमाडौं, माघ ५ : सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। आरटी÷पीसीआर परीक्षण बिधिबाट गरिने कोरोना परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। अब...
कोरोना परीक्षणको शुल्क घट्यो, सरकारीमा ८०० निजीमा १५००

काठमाडौं, माघ ५ : सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। 

आरटी/पीसीआर बिधिबाट गरिने कोरोना परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

अब निजी प्रयोगशालामा परीक्षण गर्दा १ हजार ५ सय शुल्क कायम भएको छ। यसअघि २ हजार रुपैयाँ कायम थियो। 

मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्