Kathmandu Press

पूर्वप्रधानन्यायाधीश शर्माको निधन

काठमाडौं, माघ ५ : पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। शर्मा ८७ वर्षका थिए। लामो समयदेखि बिरामी रहेका शर्माको कमलपोखरीस्थित निवासमा आज (बुधबार) निधन...
पूर्वप्रधानन्यायाधीश शर्माको निधन

काठमाडौं, माघ ५ : पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। शर्मा ८७ वर्षका थिए।

लामो समयदेखि बिरामी रहेका शर्माको कमलपोखरीस्थित निवासमै आज (बुधबार) निधन भएको हो।

उनी २०५४ चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश बनेका थिए।

शर्माका क्यानडामा रहेका छोरा नेपाल आएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्