कास्कीमा राहदानी र राष्ट्रिय परिचयपत्र दर्ता अनिश्चित कालका लागि स्थगन
पोखरा, माघ ५ : कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय राहदानी र राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ।सहायक प्मुख...
पोखरा, माघ ५ : कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय राहदानी र राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ।
सहायक प्मुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आज (बुधबार) एक सूचना जारी गरेर केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै अनिश्चित समयका लागि कार्यालयको आंशिकसेवा स्थगन गरेको जानकारी दिएका छन्। तर तयारी अवस्थामा रहेका राहदानी भने वितरण हुने सूचनामा उल्लेख छ।
राहदानी, राष्ट्रिय परिचयपत्रसहित भारतीय पेन्सन सिफारिससम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरिएको सूचनामा उल्लेख छ। ‘सम्बन्धित सबै सेवाग्राहीले पनि कोभिड १९ संक्रमणदर सामान्य नहुने अवस्थासम्म विद्युतीय राहदानी प्राप्तिका लागि अनलाइनख आवेदनसमेत नगर्नु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











