Kathmandu Press

नेपालभर एकैदिन ११ हजार ३५९ जनामा कोरोना पुष्टि 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 
नेपालभर एकैदिन ११ हजार ३५९ जनामा कोरोना पुष्टि 

काठमाडौं, माघ ५ : मुलुकभर पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै बढी संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमूनाको परीक्षण गर्दा ११ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा १८ हजार ७४ नमूनाको पीसीआर परीक्षण गर्दा ९ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो भने ५ हजार ३३१ नमूनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ६१३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणदर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबार ५२.६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितकोा संख्या ४७ हजार ९२९ पुगेको छ। तीमध्य ४६ हजार ५१५ होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४१४ जना संस्थागत आइसोलेसनमा छन्। 

संस्थागत आइसोलेसनमा रहेकामध्य १६९ जना आइसीयू, २८ जना भेन्टिलेटर र १२६ जना संस्थागत क्वारेन्टिनमा रहेका छन्। 

 

प्रकाशित मिति: १६:३० बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्