Kathmandu Press

अस्ट्रेलियामा अब नेपाली विद्यार्थीले साताको २० घन्टाभन्दा बढी काम गर्न पाउने

आगामी आठ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीले ‘भिसा अप्लाई’ गर्दा लाग्ने शुल्क फिर्ता पाउने पनि गृहमन्त्री खाँणले जानकारी दिएका छन्।
अस्ट्रेलियामा अब नेपाली विद्यार्थीले साताको २० घन्टाभन्दा बढी काम गर्न पाउने

काठमाडौं, माघ ५ : अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीले साताको २० घन्टा काम गर्न पाउने भएका छन्। गृहमन्त्री बालकृष्ण खाँणले आज (बुधबार) सामाजिक सञ्जालमार्फत त्यसबारे जानकारी गराएका हुन्।  

‘केही दिनअगाडि नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क सँगको शिष्टाचार भेटमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको समस्यालाई आत्मसात् गर्दै हप्तामा २० घन्टा भन्दा बढी काम गर्न पाउने वातावरण मिलाउन आग्रह गरेको थिए,’ उनले फेसबुकमा लेखेका छन्,  ‘आज अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा उक्त कुरा समावेश भएको छ र आजबाट नेपाली विद्यार्थीले हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन्।’ 

आगामी आठ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीले ‘भिसा अप्लाई’ गर्दा लाग्ने शुल्क फिर्ता पाउने पनि गृहमन्त्री खाँणले जानकारी दिएका छन्।

यसअघि त्यहाँ रहेका नेपाली विद्यार्थीले बढीमा २० घन्टा मात्र काम गर्न पाउँथे। अब २० घन्टाभन्दा बढी काम गर्न पाउने भनिए पनि यति नै घन्टा भन्नेचाहिँ उल्लेख गरिएकाे छैन। 

नेपाली विद्यार्थीहरू अध्ययनका लागि जाने देशमध्ये अस्ट्रेलिया पनि अग्रपंक्तिमा आउने गर्छ।

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्