Kathmandu Press

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौं, माघ ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल...
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौं, माघ ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो। महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो।

पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त थिए । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा छन्।   

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्