Kathmandu Press

ज्यामिरेमाने-नवलपुर सडक स्तरोन्नति सुरु

सिन्धुपाल्चोक, माघ ५ :  इन्द्रावती गाउँपालिकाको रणनीतिक सडकअन्तर्गतको ज्यामिरेमाने-नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ। इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मंगलबार सो सडकको शिलान्यास...
ज्यामिरेमाने-नवलपुर सडक स्तरोन्नति सुरु

सिन्धुपाल्चोक, माघ ५ :  इन्द्रावती गाउँपालिकाको रणनीतिक सडकअन्तर्गतको ज्यामिरेमाने-नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ। इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मंगलबार सो सडकको शिलान्यास गरेका हुन्।

शिलान्यासको अवसरमा अध्यक्ष तामाङले इन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउन यो सडकले सहयोग गर्ने जानकारी दिए। उनले गाउँपालिकाका सम्पूर्ण सडक क्रमशः स्तरोन्नति र कालोपत्र गरिँदै लैजाने जानकारी दिँदै धमाधम काम भइरहेको उल्लेख गरे।

Hardik ivf

संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा सो काम सुरु गरिएको हो। सो सडकको स्तरोन्नति पश्चात गाउँपालिकाको ७ वटा वडाले प्रत्यक्ष रुपमा लाभ लिनेछन्। सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावत सहज हुने बताइएको छ। सो सडकको स्तरोन्नतिका लागि मूल्य अभिवृिद्ध करसहित रु. १० करोड ९ लाख ९ हजार ८५१ लागत अनुमान रहेको छ। 

सो लागतमा इन्द्रावती गाउँपालिकाको ५ करोड ९४ लाख ९ हजार ८ सय ५१ र संघीय सरकारको समपूरक अनुदान ४ करोड १५ लाख रहेको छ। ज्यामिरेमाने-नवलपुर सडक स्तरोन्नतिमा बाटो चौडा गर्ने, प्लम क्रंक्रिटको नाली बनाउने, ढुंगाको सोलिङ, गाभ्रेल, स्टोन मेसिनरी तथा ग्याबिन वाल लगाउने, ह्युमपाइप हाल्ने र बाटो ढलानको काम रहेको छ।

सो बाटो निर्माणका लागि श्री घिसिङ÷युएण्डएस जेभी, माझिफेदा काभ्रेले सम्झौता गरेर काम सुरु गरेको छ। निर्माणको जिम्मा पाएको कम्पनीले रु. ५ करोड २१ लाख २३ हजार ३५४ मा ठेक्का सम्झौता गरेको छ।

गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामप्रसाद शर्माले गाउँपालिकाद्वारा भएका महत्वपूर्ण कार्यक्रम र हालसम्म हासिल गरेका मुख्यमुख्य उपलब्धिमध्ये यो सडक पनि रहेको जानकारी दिए। सडक स्तरोन्नति भएपछि दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२:३२ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्