प्रदेश २ को नामाकरण र राजधानी तोक्न सफल भएकोमा प्रचण्डले दिए बधाई
काठमाडौं, माघ ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को नामाकरण र राजधानी तोक्न सफल भएकोमा बधाई ज्ञापन गरेका...
काठमाडौं, माघ ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को नामाकरण र राजधानी तोक्न सफल भएकोमा बधाई ज्ञापन गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले प्रदेश सभाका सांसद तथा प्रदेशका सम्पूर्ण नागरिकहरुलाई बधाई र शुभकामना व्यक्त गरेका हुन्।
माओवादी केन्द्रले उठाउँदै आएको पहिचान सहितको संघियताको मर्म अनुसार नै प्रदेश २ को राजधानी र नामाकरण भएको प्रचण्डको दाबी छ।
‘हाम्रो पार्टीले उठाउदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकामरराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पुर्ण सदस्यहरु र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले लेखेका छन्।
प्रदेश २ को स्थायी राजधानी जनकपुर नामाकरण ‘मधेश प्रदेश’ घोषणा भइसकेको छ।











