काठमाडौंका सिडिओसहित १८ कर्मचारीलाई कोरोना संक्रमण, अत्यावश्यकबाहेकका सेवा कटौती
काठमाडौं, माघ ४ : जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीहरुलाई कोरोनास संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ जना...
काठमाडौं, माघ ४ : जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीहरुलाई कोरोनास संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि आजैबाट लागू हुनेगरी सेवा संकुचन गरिएको हो।
आजदेखि नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । ‘
उनका अनुसार थप १२ जनालाई पनि कोरोनाको लक्षण देखिएको र उनीहरुको परीक्षण गरिएको छ। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई बन्द गरिएको अधिकारीले बताए।
यसअघि राहदानी विभागले मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ। यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ।











