सर्वोच्चमा आजदेखि जरुरी प्रकृतिका मुद्दामा मात्र सुनुवाई हुने
काठमाडौं, माघ ५ : सर्वोच्च अदालतले आजदेखि जरुरी प्रकृतीका मुद्दामा मात्र सुनुवाई गर्ने भएको छ। कोरोना महामारी बढेका कारण बन्दी प्रत्यक्षीकरण र कोभिडसँग सम्बन्धित...
काठमाडौं, माघ ५ : सर्वोच्च अदालतले आजदेखि जरुरी प्रकृतीका मुद्दामा मात्र सुनुवाई गर्ने भएको छ। कोरोना महामारी बढेका कारण बन्दी प्रत्यक्षीकरण र कोभिडसँग सम्बन्धित मुद्दाहरुमा मात्रै सुनुवाई गर्ने सर्वोच्चले निर्णय गरेको थियो।
मंगलबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना महामारी बढ्दै गएका कारण जोखिम न्यूनीकरण गर्न नियमित सेवामा कटौती गर्ने निर्णय गरेको हो।
अब सर्वोच्चले ६ प्रकारका मात्रै सेवा दिनेछ। बन्दी प्रत्यक्षीकरण तथा कोरोना भाइरस महामारीसँग सम्बन्धित जरुरी प्रकृतीका निवेदन, मुद्दा तामेली एवं मिलापत्र सम्बन्धी निवेदनको सुनुवाई हुनेछ।
त्यस्तै फोजदारी मुद्दामा थुनुवामा रहेका यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ।
मुद्दा÷निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ । उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा स्थानीय परिवेश हेरेर आवश्यक निर्णय लिने भनी सर्वोच्चबाट निर्णय भएको छ ।











