Kathmandu Press

मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दमक, माघ ५ : झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन्...
मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दमक, माघ ५ : झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् । 

भारतीय नम्बर प्लेट बिआर ३७ सी ९००८ र बिआर३७इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 

सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी भद्रपुर–३ ज्ञानेचोकमा मे३प १५३४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दुर्घटनामा कचनकवल–६ का अस्नव अन्सारी र भारतीय नागरिक नासुब खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १०:२६ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्