Kathmandu Press

खोप कार्ड हरायो? प्रतिलिपि पाउने यस्ता छन् तीन तरिका

काठमाडौं, माघ ५ : सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।खोप कार्ड अनिवार्य...
खोप कार्ड हरायो? प्रतिलिपि पाउने यस्ता छन् तीन तरिका

काठमाडौं, माघ ५ : सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।

खोप कार्ड अनिवार्य गरेसँगै केही व्यक्तिलाई समस्या भएको छ। किनकि, उनीहरुको खोप कार्ड हराइसकेको छ। त्यसो भए अब खोप कार्डको नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ।

पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ। त्यसैले अब खोप कार्ड हराए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ।

मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड लिनका लागि अनुरोध गरेको छ। पहिलो दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ।

दोस्रो जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ।

तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन पाइन्छ। मन्त्रालयले यही माघ २ गतेबाट अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज दिइरहेको छ।

प्रकाशित मिति: ०६:५८ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्