Kathmandu Press

सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर सातको मृत्यु

खार्तुम, माघ ४ : सुडानमा गत बर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको...
सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर सातको मृत्यु

खार्तुम, माघ ४ : सुडानमा गत बर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ।

राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको हो।

Hardik ivf

प्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल अश्रुग्याँस प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन्। सुडानमा लामो समयदेखि शासन गर्दै आएको शासक ओमार अल बसिरलाई सन् २०१९ को अप्रिलमा अपदस्थ गरी सेनाले सत्ता लिएको थियो।

प्रदर्शनकै क्रममा प्रर्दशनकारीहरुले नागरिक शासनको माग गर्दै सेना विरुद्ध चर्को नारा लगाएका छन्। सोही क्रममा उनीहरुले ठाउँ ठाउँमा टायर बाली सडक अवरुद्ध गरेका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघले सुडानको सैनिक कु का बिषयमा सुडानी सेनासँग तत्काल वार्ता गर्ने जनाएको छ। सुडानमा गत वर्षदेखि सुरु भएको सेना बिरुद्धको प्रदर्शनमा हालसम्म ७१ जना मारिएका छन्।

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्