Kathmandu Press

हवाई टिकट काट्दा कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरिने

हवाई टिकट काट्दा कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरिने

काठमाडौं, माघ ४ : कोरोनाको तेस्रो लहर तीव्र गतिमा फैलिँदै गएपछि सरकारले हवाई यात्राबारे नयाँ नियम लागु गरिने भएको छ । 

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णयलाई पनि कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयमार्फत देशभर पत्राचार गर्ने निर्णय समेत गरेको छ। 

बैठकले हवाइजहाजमा यात्रा गर्ने यात्रुका लागि टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउनु पर्ने व्यवस्था कार्यान्वयनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई दिएको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जनाएका छन् । 

उनका अनुसार अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य एट्याच गर्ने व्यवस्था मिलाउन बैठकले पर्यटन मन्त्रालयलाई भनेको छ।
 

प्रकाशित मिति: २०:४३ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्