मास्क लगाएरै मैदानमा उत्रिए क्रिक्रेट खेलाडी
काठमाडौं, माघ ४ : नेपालमा कोरोना संक्रमण वढिरहेको बेला खेलाडीहरु मास्क लगाएर नै मैदानमा उत्रिएका छन् । महामारीबीच काठमाडौंमा जारी प्रधानमन्त्री कप टि–२० क्रिकेट...
काठमाडौं, माघ ४ : नेपालमा कोरोना संक्रमण वढिरहेको बेला खेलाडीहरु मास्क लगाएर नै मैदानमा उत्रिएका छन् ।
महामारीबीच काठमाडौंमा जारी प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा सेमिफाइनलका दुइ खेलमा सहभागी केही खेलाडी मास्क लगाएरै मैदानमा उत्रिएका हुन् ।
पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामाना गर्दा अर्को सेमिफाइनलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबको सामाना गरेको थियो । दुवै सेमिफाइनलमा केही खेलाडी मास्क लगाएरै मैदान उभिएको देख्न सकिन्थ्यो । क्रिकेटमा खेलाडी मास्क लगाएर मैदानमा उत्रिएको यो सायद पहिलो घटना हो।
पहिलो सेमिफाइलनमा पुलिका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मास्क लगाएर बलिङ गरिहेका देखिए । यता, दोस्रो सेमिफाइलनमा एपिएफका ओपनर प्रदीप ऐरी मास्क लगाएरै ब्याटिङका लागि क्रिजमा उत्रिए भने पुलिका कप्तान विनोद भण्डारी मास्ककै साथ विकेट पछाडि देखिए ।











