Kathmandu Press

माघ १६ देखि २० गतेसम्म विद्यालयमा कोभिड विरुद्धको खोप अभियान चलाइने 

काठमाडौं, माघ ४ : माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयहरुमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार...
माघ १६ देखि २० गतेसम्म विद्यालयमा कोभिड विरुद्धको खोप अभियान चलाइने 

काठमाडौं, माघ ४ : माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयहरुमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । 

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीचको बैठकले विद्यालय माघ १६ गतेदेखि २० गतेसम्म कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी हुन् ।

‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयमा कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ,’ सहसचिव कोइरालाले भने, ‘हामीले निर्णय गरेका छौँ सम्बन्धितमन्त्रालयले सूचनाजारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षादिनपाउने व्यवस्थागर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयहरूमा गर्नेछन् । त्यस्तै बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउन पर्ने व्यवस्था गर्न भनेको छ ।

अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्ने व्यवस्था मिलाउन निर्देशन दिईने भएको छ । त्यस्तै बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई भन्ने निर्णय गरेको छ । ‘राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउने कार्य अत्यावश्यक परेकालाई बाहेक तत्कालका लागि स्थगत गर्न सम्बन्धित निकायलाई भन्ने निर्णय भएको छ,’ सहसचिव कोइरालाले भने । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पत्तालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भन्ने पनि बैठकले निर्णय गरेको छ । विदेशबाट नेपालभित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्थागर्ने निर्णय पनि बैठकले गरेको छ । नेपालमा रहेका विदेशी नागरिकलाई पनि व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ । बैठकमा गृहमन्त्री खाणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको बताए ।

कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै त्यसबारे संवेदनशीलभएर कामगर्न गृहमन्त्री खाणले निर्देशन दिएका थिए । गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिर्देशक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने लगायत उपस्थिती रहेको थियो । 


 

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्