Kathmandu Press

जापानमा एकैदिनमा काेराेना सङ्क्रमित सङ्ख्या अहिलेसम्मकै उच्च

जापानमा एकैदिनमा काेराेना सङ्क्रमित सङ्ख्या अहिलेसम्मकै उच्च

टाेकियाे, माघ ४ : जापानमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या मङ्गलवार सवैभन्दा धेरै देखिएको छ।

सरकारी अधिकारीहरूले मङ्गलवार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ सङ्क्रमित भएका छन्।

Hardik ivf

यसअघि अघिल्लो वर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना सङ्क्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

मङ्गलबार सङ्क्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन्। 'टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएको पनि पहिलो पटक हो,' एक अधिकारीले भने।

अघिल्लो मङ्लबार ९६२ जना मात्रै सङ्क्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन्।

पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत सङ्क्रमित भएको देखिएको छ।

नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ।

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्