भारतमा १२–१४ वर्ष समूहका बालबालिकाका लागि कोभिड खोपसम्बन्धी निर्णय हुन बाँकी : संघीय मन्त्रालय
नयाँ दिल्ली, माघ ४ : भारतको संघीय स्वास्थ्य मन्त्रालयले १२–१४ वर्ष उमेर समूहका बालबालिकाको लागि कोभिड–१९ खोपसम्बन्धी हालसम्म कुनै निर्णय लिइ नसकिएको अधिकारीहरूले...
नयाँ दिल्ली, माघ ४ : भारतको संघीय स्वास्थ्य मन्त्रालयले १२–१४ वर्ष उमेर समूहका बालबालिकाको लागि कोभिड–१९ खोपसम्बन्धी हालसम्म कुनै निर्णय लिइ नसकिएको अधिकारीहरूले बताएका छन्।
मङ्गलबार बालबालिकालाई खोप सुरू गर्ने निर्णय लिइएको हो भन्ने प्रश्नको जवाफमा मन्त्रालयका उच्च अधिकारीहरूले एएनआईसँग भने, 'भारतले १५–१८ वर्षको उमेर समूहमा कोभाक्सिन खोपको ३.५ करोडभन्दा बढी पहिलो मात्रा समावेश गरेको हुनाले यस उमेर समूहका लागि खोप अभियानको पहिलो चरण यस महिनाको अन्तसम्म पूरा हुने आशा गरिएको छ। तर, १२–१४ वर्ष उमेर समूहका बालबालिकाको खोप कहिलेदेखि लगाउने भन्नेबारे भने कुनै आधिकारिक निर्णय भइसकेको छैन।'
विज्ञहरुका अनुसार १५–१८ वर्ष उमेर समूहका किशोर किशोरीहरू खोप प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन्।
सोमबार संघका स्वास्थ्य मन्त्री मनसुख मण्डलाले १५ देखि १८ वर्ष उमेर समूहका सबै किशोरकिशोरीलाई सरकारको खोप अभियानमा उल्लेख्य सहभागिता जनाएकोमा उनीहरूलाई धन्यवाद दिएका छन। उनीहरुले कोभिड–१९ खोपको पहिलो मात्रा लगाइसकेका छन्।
“भारतमा १५–१८ वर्षका ३.५ करोडभन्दा बढी किशोरकिशोरीहरूलाई जनवरी ३ देखि कोभिड–१९ विरूद्धको खोपको पहिलो मात्रा लगाउने निर्णय भएको थियो।
'खोप लगाएका मेरा सबै युवा साथीहरूलाई बधाई छ,' स्वास्थ्य मन्त्रीले ट्वीटमार्फत् भनेका छन।
प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बर २५ मा घोषणा गरेपछि देशले २०२२ जनवरी ३ देखि १५–१८ वर्षका बालबालिकालाई खोप लगाउन थालिएको थियो।
कार्य समूहका अध्यक्ष डा. एनके अरोराले भने, 'खोप लगाउने अहिलेको रफ्तार हेर्दा भारतले मार्चमा १२–१४ उमेर समूहका बालबालिकाहरूलाई कोभिडको खोप लगाउन सुरू गर्नसक्छ।'
उनका अनुसार पहिलो खोप लगाउनका लागि योग्य घोषणा गरेको दुई हप्ता पनि नबित्दै १५–१८ वर्षका लगभग ४६ प्रतिशत किशोर–किशोरीहरूले पहिलो मात्रा लगाइसकेका छन्।



-1777440254.jpg)








