Kathmandu Press

ओमिक्रोनविरुद्ध रूसी खोप प्रभावकारी : गामालेया

रूस, माघ ४ : रूसमा विकसित स्पुत्निक–भी खोप कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी हुने खोप निर्माता कम्पनीले दावी गरेको छ। स्पुत्निक–भी खोपको निर्माता कम्पनी...
ओमिक्रोनविरुद्ध रूसी खोप प्रभावकारी : गामालेया

रूस, माघ ४ : रूसमा विकसित स्पुत्निक–भी खोप कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी हुने खोप निर्माता कम्पनीले दावी गरेको छ। स्पुत्निक–भी खोपको निर्माता कम्पनी गामालेया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर जिन्ट्सवर्गले मङ्गलबार स्पुत्निक–भी उपचारमा ७५ प्रतिशत सफल रहेको दावी गरेका हुन।

जिन्ट्सवर्गले रोसिया सेगोन्या प्रेस सेन्टरमा भने, 'रूसमा स्पुत्निक–भी खोप ओमिक्रोनविरूद्धको असर न्यूनिकरण गर्न ७५ प्रतिशत सफल पाइएको छ।'

गामालेयाका प्रमुखले भने, 'यदि कुनै व्यक्तिले छ महिनामा स्पुत्निकको ‘लाइट बुस्टर’ मात्रा लिएमा यसको प्रभाबकारिता शतप्रतिशत रहने तर यदि ‘लाइट बुस्टर’ खोप नलगाएमा पनि ५७ प्रतिशतसम्म प्रभाबकारी रहने अनुसन्धानले देखाएको छ।'

अन्य भेरिएन्टको तुलनामा ओमिक्रोनविरुद्ध स्पुत्निक–भी नियन्त्रणका लागि प्रभावकारिता आठ गुणा घट्छ यद्यपि अझै पनि ओमिक्रोनविरूद्धको सुरक्षाको लागि यो खोप पर्याप्त हुने जिन्ट्सबर्गले बताए। ओमिक्रोनको प्रभाब न्यूनिकरणका लागि अन्य खोपहरूको प्रभावकारिता २१ गुणासम्म कम रहने पुष्टि भइसकेको उनले बताए।

प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, माघ ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्