Kathmandu Press

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन पक्राउ

काठमाडौँ, माघ ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन...
विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन पक्राउ

काठमाडाैं, माघ ४ : विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौँ १६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन्। उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले आज एक सूचना जारी गरी जनाएको छ। सिरहाका ३० वर्षीय रामेश्वर राम दुबइबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेका बेला अपरिचित व्यक्तिले अपहरण गरी लगेका थिए।

उनीहरुले काठमाडौँ महानगरपालिका २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा बन्धक बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रहरीमा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार उनीहरुले पीडितलाई कुटपिट गरी चुरोटको ठुटाले पोलेर ज्यान मार्ने धम्की दिँदै यातनासमेत दिएका थिए। उनीहरुले रामको झोला र मोबाइलसमेत लगेका थिए। सोही उजुरीको आधारमा लामो अनुसन्धानपछि अपहरण गर्ने व्यक्तिको पहिचान गरी पक्राउ गरिएको परिसरले जनाएको छ।

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्