मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार
काठमाडौं, माघ ४ : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार भएको छ। बीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोलस्थित राउतको घरमा मंगलबार दिउँसो ढुंगा प्रहार...
काठमाडौं, माघ ४ : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार भएको छ। बीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोलस्थित राउतको घरमा मंगलबार दिउँसो ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रदेशको स्थायी राजधानी जकपुर तोकिएपछि वीरगञ्जमा रहेको मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार भएको हो। बीरगञ्जबासीहरुले प्रदेशको स्थायी राजधानी वीरगंज तोक्नुपर्ने माग राख्दै आएका थिए।
त्यसको विपरित जकपुरलाई प्रदेशको स्थायी राजधानी तोकिएपछि वीरगंजमा सोमबार बाटै विरोध सुरु भएको थियो। मंगलबार दिउँसो पनि केही युवाहरुले नाराबाजी गर्दै विरोध गरेका थिए। सोही क्रममा मुख्यमन्त्रीको घरमा एक युवकले ढुंगा प्रहार गरेका थिए।
ढुंगा प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। पर्सा प्रहरीका अनुसार ढुंगा प्रहार गर्ने व्यक्ति वीरगञ्ज(१ छपकैया बस्ने २६ वर्षीय सुमन पटेल रहेका छन्। उनी विरूद्ध आपराधिक उपद्रको मुद्दा दर्ता गर्ने तयारी रहेको प्रहरीले जानकारी दिएको छ।











